उत्कृष्ट अभिनेताको अवार्ड नपाएपछि कार्यक्रम नै छोडेर हिँडे शाहिद कपूर



एजेन्सी : बलिउड अभिनेता शाहिद कपूर उत्कृष्ट अभिनेताको अवार्ड नपाएपछि कार्यक्रम नै छोडेर हिँडेका छन् ।

एक अवार्ड कार्यक्रममा उनको फिल्म ‘कबीर सिंह’ ले अवार्ड पाउने तय भएको भए पनि अन्तिम सयममा ‘गली ब्वाई’ बाट रणवीर सिंहलाई अवार्ड दिइएको थियो ।

शाहिद कपूरले अवार्ड पाउने निश्चित भएको र उनले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिने तयारीमा थिए । त्यसको लागि उनी तयारी पनि गरिरहेका थिए । तर, अन्तिम समयमा अवार्ड रणवीर सिंहलाई दिएपछि उनी रिसाएर प्रस्तुती समेत नदिई कार्यक्रम छोडेर गएको भारतीय सञ्चार माध्इममा उल्लेख गरिएको छ ।

उनी अभिनित फिल्म ‘कबीर सिंह’ यो वर्ष बक्स अफिसमा निकै राम्रो कलेक्शन गरेको थियो । फिल्मको जम्मा कमाई २८० करोड भारु छ भने यस फिल्मले दर्शकको मन पनि उत्तिकै जितेको छ ।

प्रतिक्रिया दिनुहोस्