गुठी संस्थानमा भ्रष्टहरुको हालिमुहाली



काठमाडौं : जनकपुरस्थित पवित्रस्थल गंगासागरको डिलरहेको गुठीको नामको ७ कठ्ठा जग्गा अहिले व्यक्तिको नाममा नामसारी गरिसकिएको छ । परापूर्व कालदेखि देवीदेवताका मूर्ति रहेको र निरन्तर पुजाआजा गरिदै आएको उक्त स्थान आहिले मालपोत कर्मचारीसँगको मिलेमतोमा व्यक्तिको नाममा नाम सारी गरिएको छ ।

मूर्ति र मन्दिर भएको गुठीको उक्त जग्गा जनकपुरकै सञ्जय मिश्रले नारायण चौधरी, नापी र मालपोतका कर्मचारीसँग मिली उनको नाममा दर्ता गरेका छन् । चौधरी भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सहसचिवबाट अवकाश हुनासाथ देशभर लाखौं रोपनी जग्गा, मठ–मन्दिर र सभ्यतास्थलको खोजी गर्दै व्यक्तिको नाममा नामसारी गर्ने प्रक्रियामा लागि परेका छन् ।

उनले अहिलेसम्म हजारौं सांस्कृतिक स्थल बेचिसकेका छन् । पछिल्लो समयमा गुठीका हर्ताकर्ता बनेपछि उनले निकै अनियमितता गर्दै अएका छन् । हाल गुठीका कार्यकारी प्रशासक चौधरीले राज्य र संस्थानलाई हानी पुग्नेगरी जनकपुरको गुठीकै जग्गा व्यक्तिका नाममा दर्ता गरिदिएका छन् ।

चौधरीको जनकपुरसँग यस्ता मामलामा पुरानो नाता र सम्बन्ध पनि रहेको छ । उनले ०४४/०४५ तिर जनकपुर नापी कार्यालय प्रमुख रहँदा गुठीको जग्गामा नक्कली मोही कायम गरिदिएका थिए । शुरु लगानी आफैँले गरेका चौधरी यसको मुनाफा भित्र्याउन पनि आफैँ पुगेका थिए । उनले यसको शुभलाभ हात पारिरहेका छन् ।

चौधरीले गुठीको जग्गा दिलाए पनि उक्त मन्दिर भत्काएर जग्गा लिन सक्ने स्थिति नरहेपछि गुठी प्रमुख चौधरीले त्यसको सट्टा अन्यत्रै तेब्बर जग्गा सञ्जयलाई दिने योजना बनाएका छन् । सट्टामा दिइने उक्त जग्गा पनि गुठी तैनाथी जग्गा नै रहेको छ ।

चौधरीले हाल उनलाई मन्दिरको सट्टाम दिलाएको जग्गाको मूल्य ४ करोडभन्दा बढी पर्ने रहेको छ । अहिले उनी गुठी जग्गा हातमा पारेर मोलमालाइ गर्दै बिक्री गर्न तल्लिन छन् । उनले कतुर्तत यतिमा मात्र सिमित छैन । चौधरी गुठी संस्थानको प्रशासक बनेयता गुठीको जग्गा धेरै हिनामिना भएका छन् । उनले सरकारी जग्गालाई एक प्रतिष्ठानलाई जनकपुरको ३५ बिघा गुठीको जग्गा २५ वर्षका लागि दिएका छन् । त्यो जग्गा बेलहिया कुटी र बसाह कुटीको गुठी हो ।

जनकपुरको नयाँ बसपार्क, बसैया तथा विमानस्थल नजिकै रहेको यो जग्गाको प्रचलित मूल्य प्रतिधुर कम्तीमा १० लाख पर्छ । यसमध्ये पाँच बिघा जग्गामा बसोबास छ । यस्तै पैसाको लागि जे पनि गर्न तयार हुने चौधरीले कौडीको दरमा जनकपुरको एक बिघा जग्गा दिएका छन् । उनले एभरेष्ट पेपर मिलका सञ्चालक ओमप्रकाश शर्राफलाई अन्तर्राष्ट्रियस्तरको धर्मशाला निर्माणका लागि भन्दै दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्