गौरिकाले जितिन् सबैभन्दा धेरै पुरस्कार, ५६ लाख पाउने



काठमाडौं : नेपालकी महिला पौडी खेलाडी गौरिका सिंहले ५६ लाख पाउने भएकी छिन् । बुधबार प्रधानमन्त्री ओलीले १३ औं सागमा पदक जित्ने खेलाडीलाई पुरस्कारको घोषणा गरेसँगै उनले सबैभन्दा धेरै पुरस्कार पाउने भएकी हुन् ।

उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ वटा स्वर्ण पदक र २ वटा रजत पदक जितेकी थिइन् ।

प्रधानमन्त्री ओलीले एक स्वर्ण पदक विजेतालाई ९ लाख, दुई वा दुईभन्दा बढी जित्नेलाई ११ लाख र रजत पदक जित्नेलाई जनही ६ लाख दिने घोषणा गरेका छन् । यो सँगै गौरिकाको ४ स्वर्ण बराबर ४४ लाख र २ रजत बराबर १२ लाख पाउनेछिन् । यसअनुसार उनले जम्मा ५६ लाख पाउने भएकी छिन् ।

यसैगरी, व्यक्तिगत तर्फ कास्य पदक विजेतालाई ३ लाख दिने घोषण गरिएको भए पनि टिम इभेन्टमा जित्नेलाई कति रकम पुरस्कार दिने खुलाइएको छैन । यसमा पनि पुरस्कार दिइएको खण्डमा उनको पुरस्कारको राशी अझै बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्