पेटमा अल्सर हुनेले के खाने ? खानै नहुने ३ चीज



एजेन्सी : पेटमा अल्सर हुँदा बारम्बार पेट दुख्छ । अल्सर हुँदा पेटमा घाउ हुन्छ जसले असह्य दुखाइ गराउँछ । यसका साथै पेटको माथिल्लो भागमा दुखाइ हुने, रगत वान्ता हुने, शरीरको तौल घट्दै जाने, पाचन प्रक्रियामा गडबढी हुने जस्ता समस्याहरु हुँदै जान्छ ।

पेटमा अल्सर भइसकेपछि नियमित खानपानमा ध्यान दिनु अत्यन्तै जरुरी छ । किनकी खानपानमा ध्यान नदिएमा पेटमा भएको अल्सर क्यान्सरमा परिणत हुन पनि धेरै समय लाग्दैन ।

पेटमा अल्सर हुनेले के खाने ?

प्रोबायोटिकयुक्त खाना
यो हाम्रो शरीरमा हुने ब्याक्टेरिया हो । यसले शरीरमा लाग्न सक्ने रोगबाट बचाउँछ । यसको सेवनबाट पाचन शक्तिमा सुधार आउँछ । साथै यसले कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यो तत्त्व दहीमा अधिक मात्रामा पाइन्छ । यसका साथै भारतीय खाना इडली, ढोकला र डोसामा धेरै मात्रामा पाइन्छ । यसले शरीरमा भएको एच नामको ब्याक्टेरियासँग लड्न सहयोग गर्छ । यसले पेटको रोगसँगै पाइलोरी, तनाव, कोलाइटिस जस्ता समस्याबाट बच्न सहयोग गर्छ ।

फाइबरयुक्त खाना
स्वास्थ्यसम्बन्धी अनुसन्धानका अनुसार फाइबरयुक्त खानेकुरा पेटको लागि फाइदाजनक हुन्छ । फाइबरयुक्त खानाले पेट फुल्ने, दुख्ने र एसिडको मात्रा कम गर्न सहयोग गर्छ । यस्ता खाना सजिल्यै पच्ने गर्छ । यस्ता खानाले अल्सर भएका विरामीहरुलाई खाना खाएपछि कुनै समस्या बढ्न दिदैन । यस्ता खानाहरुमा स्याउ, नासपति, दाल, उम्रेका गेडागुडी, जौको आटा आदि पर्छन् ।

भिटामिन एयुक्त खाना
अल्सरको समस्या हुनेका लागि भिटामिन ए युक्त खाना लाभदायी हुन्छ । यस्ता खानाहरुमा सखरखण्ड, पालक, गाजर, अण्डा, साग, मेवा, दही, भटमास आदि पर्छन् ।

पेटमा अल्सर हुनेले के नखाने ?

दूध
दूधले पेटमा एसिडको मात्रा बढाउने काम गर्छ । जसले गर्दा अल्सरलाई अझै बढाउँछ ।

मदिरा
डाक्टरका अनुसार मदिरा सेवनले पेटमा जलन र दुखाइ बढाउँछ । यसको कारण पाचन शक्तिमा पनि ह्रास आउँछ । यसका साथै चिया, चुरोट र कफिले पनि अल्सरलाई झन् बढाउँछ ।

चिल्लो खानेकुरा
धेरै मात्रामा चिल्लो हुने खानेकुरा अल्सरका विरामीको लागि पीडादायी हुनसक्छ । फ्याट पचाउँनको लागि लामो समय लाग्ने हुँदा पेट फुल्ने समस्या हुनसक्छ । मसलादार र चिल्लो खानेकुरा खानु अल्सर भएका विरामीहरुका लागि बेफाइदाजनक हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्