बलिउड अभिनेता कादर खानको निधन



काठमाडौं : बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । उनका छोरा सरफराजले मृत्युको खबर पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको हो ।

खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए । कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए ।

बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्