कुलपतिहरुको सपथ ग्रहण



काठमाडौं : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्य नियुक्त भएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई कुलपतिको सपथ गराएका छन् । सरकारले मंगलबारै उनीहरूलाई कुलपति पदमा नियुक्त पनि गरेको छ ।

कुलपतिमा आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई नियुक्त गरिएकोले आगामी दिनमा ती संस्था थप सृजनशील हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे । प्रधानमन्त्री ओलीले नवनियुक्त कुलपतिहरूले समयका पदचापलाई बुझ्ने र त्यसै अनुसार काम गर्ने अपेक्षा गरिएको बताए ।

त्यस्तै ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्य सचिव विपिन कुमार घिमिरेले पनि मंगलबार नै सपथ ग्रहण गरेका छन् । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्यसचिब श्याम प्रकाश तमोटले पनि सपथ ग्रहण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्