नेपाल र भारतद्वारा सीमाक्षेत्रमा संयुक्त गस्ती



कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर र भारत सिद्धार्थनगरको बढनी बजारदेखि पूर्वपश्चिम सीमाक्षेत्र भएकाले दुवैतर्फका सुरक्षाकर्मीहरू संयुक्त गस्ती गरेका छन् । सीमाक्षेत्रमा हुने तस्करीलगायतका अपराध रोक्न कृष्णनगर सीमा सुरक्षा बल र बढनी सीमा सुरक्षा बलले संयुक्त गस्ती गरेका हुन् । 

सशस्त्र सीमा बल निरीक्षक हरे रामसहित ६ जवान, उत्तर प्रदेश प्रहरीका मुख्य आरक्षी देवेन्द्र यादव, आरक्षी मृत्युजंय कुशवाहा, नेपाल सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र केसीलगायत ६ जवान, इलाका प्रहरी कार्यलय कृष्णनगर निरीक्षक सूर्यबहादुर बोगटी, सहायक निरीक्षक सन्तोश साहलगायत ८ जवान नेपाल र भारतका गरी जम्मा २६ जना सुरक्षाकर्मीले पिलर संख्या ५६७ देखि ५६९ सम्म सीमाक्षेत्रमा एकसाथ पेट्रोलिंग गरेका छन् । पेट्रोलिंगको मुख्य उद्देश्य सीमाक्षेत्रमा बसोबास गर्ने जनतालाई सुरक्षा व्यवस्थाप्रति भरोसा बढाउने रहेको छ । 

साथै अंग्रेजी नयाँ वर्षका बेला सुरक्षा संवेदनशीलता अझै बढ्ने भएकाले जोखिम न्यूनीकरण लागि समेत संयुक्त गस्ती भएको हो । 

सशस्त्र सीमा सुरक्षा बल ५०बीँँ बाहिनीको कमान्डेन्ट रमनकुमार श्रीवास्तव, उपकमान्डेन्ट ब्रीजेशसिंह प्रतिहारले सीमाक्षेत्रमा भइरहेको अवैध गतिविधि रोक्न र शान्तिसुरक्षा कायम गर्न संयुक्त टोलीद्वारा पेट्रोलिंग गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्