कांग्रेस केन्द्रीय समितिको बैठक आज सानेपामा बस्दै



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) अपरान्ह ४ बजे बस्दैछ ।

पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले केन्द्रीय विभाग गठनदेखि भातृ र सुभेच्छुक संस्थाका विषयमा पनि आवश्यक निर्णय लिनेछ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समिक्षा, तेस्रो चरणको राष्ट्रिय जनजागरण अभियान, केन्द्रीय विभागहरुको गठन, पार्टीको अन्तरिम संरचना गठन र नेविसंघ तथा तरुणदलको विवादका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्