नयाँ वर्ष मनाउनेहरुको भीडमा भ्यान चलाउँदा ९ घाइते



एजेन्सी : जापानको राजधानी टोकियोको एक व्यस्त बजारको सडक पेटीमा अन्धाधुन्ध भ्यान चलाउँदा ९ जना घाइते भएका छन् ।

 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बिबिसीले जनाएको छ । फेसनका लागि चर्चित हाराजुकुको सडक पेटीमा मध्यरातमा नयाँ वर्ष मनाउन भेला भएकाहरुको भिडमा भ्यान चलेको थियो । 

 

यात्रुहरुको भिडमा गाडी चलाउने व्यक्ति तत्कालै भागे पनि उनलाई प्रहरीले पक्राउ गरेको छ । भ्यान चालकको नाम काजुहिरो कुसाकाबी रहेको र उनी २१ वर्षका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्