यौनकाण्डमा मुछिएका एसएसपीलाई कारबाही गर्न मुख्यालयकोे तयारी



काठमाडौं : आफ्नै सहकर्मी महिलालाई यौन दुर्व्यवहार गरेको उजुरी गृहमन्त्रालयमा परेपछि तानिएका संघीय प्रहरी कार्यालय धरानमा कार्यरत बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर राणालाई प्रहरी मुख्यालयले कारबाही गर्ने भएको छ ।

गृहमन्त्रालयमा उनीबिरुद्ध यौन दुर्व्यवहारको उजुरी परेपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले कारबाही प्रकृया अगाडी बढाएको हो । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले एसएसपी राणाबिरुद्ध परेको उजुरीका विषयमा गृहमन्त्रालयले निर्देशन दिएको पुष्टि गरेका छन् ।

यस विषयमा प्रहरी प्रवक्ता डिआइजी पोखरेलले एसएसपीमाथि छानबिन गर्न गृहबाट पत्र आएको बताउँदै प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले थप छानबिन अघि बढाएको बताएका छन् ।

उनले आफ्नै सहकर्मी मात्र नभई अर्का एक महिलाको घरबार बिगारेको र गोली ठोकेर ज्यान मार्छु भन्दै धम्क्याएको वात लागेको थियो । घटना ती महिलाकै कारण बाहिर आएको थियो । ती महिलाले आफ्नो घरबार बिगारेको भन्दै गृहमन्त्रालयमा उजुरी दिएकी थिईन ।

यसरी गृहमन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । ती महिलाको उजुरीका आधारमा मन्त्रालयले प्रारम्भिक छानबिन गरिसकेपछि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको हो ।

यसरी आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । यस्तै उनीमाथि एक महिला प्रहरीमाथि दुर्व्यवहार गर्दै आएकोसमेत उजुरीमा उल्लेख छ । यस्ता घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको ती महिलाको उजुरीमा उल्लेख छ ।

उजुरी परेपछि सुक्ष्म अनुसन्धानका क्रममा एसएसपी राणा दोषी देखिएको थियो । एसएसपी राणा कार्यालयमा भन्दा पनि पार्टीप्यालेसहरुमा सुनसरीका खराब मान्छेको संगतमा रमाइरहेको भेटिने गरेको फेला पारेको थियो ।

गृहको छानबिनका क्रममा राणा एसपी हुँदादेखि नै उनले असइ प्रमोद पसेला यादवलाई परिचालन गरी पैसा उठाउने गरेको समेत तथ्य उजागर भएको छ । उनलाई कस्तो खालको बारबाही गर्ने भन्ने चाही अहिलेसम्म प्र्रहरी मुख्यालयले खुलाएको छैन । तर प्रहरी मुख्यालयका अनुसार आरोप प्रमाणित भएमा ग्रेड रोक्का र बढुवा रोक्कादेखि जागिर नै जानेसम्मको अवस्था आउन सक्ने बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्