राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठानको सेवाशुल्कमा वृद्धि, निःशुल्क प्रसुति सेवा हटाइयो



दाङ : घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा शुल्क बढाएको छ । मंगलबारदेखि लागू हुने गरी प्रतिष्ठाले आफूले दिने सबै सेवाको शुल्क बढाएको हो ।  

नयाँ शुल्क लागू भएपछि २५ रुपै याँ रहे को  ओ पिडीको  शुल्क १ सय रुपैयाँ पुगेको छ भने इमर्जे न्सीको  शुल्क ३० बाट बढेर २ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै प्रतिष्ठानले दिँदै आएको निःशुल्क सुत्के री सेवा र भत्ता बन्द गरिएको छ । नयाँ निर्णयअनुसार सुत्केरीको अवस्था हेरी तीनदेखि १२ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने भएको  छ । 

पहिले निःशुल्क दिइने बे डको शुल्क अहिले २ सय २० बनाइएको छ । यस्तै, पहिलेको भिडियो  एक्सरे  शुल्कमा १ सय थपेर ६ सय पुर्याइएको छ । मुख्य शल्यक्रिया पाँच हजारबाट १२ हजार, मध्यम शल्यक्रिया एक हजार ५ सय बाट छ हजार ६ सय, माइनर शल्यक्रिया एक हजारबाट दुई हजार ५ सय पु¥याइएको  प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानमा ने पाल सरकारले  कुनै  पनि बजे ट नदिने  र आफ्नो आम्दानीबाट बजेट जुटाउनुपर्ने भएकाले शुल्क बढाउनु परे को  प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले  बताइन् । 

यसअघि सुत्के री महिलाले  पाउने  आमा सुरक्षा कार्यक्रमको  बजे ट पनि प्रदे श सरकारले  राखे को  र प्रतिष्ठानमा दिन नमिल्ने  बताएकाले  सुत्के री से वा निःशुल्क दिन नसकिएको  उनको भनाइ छ ।  

सेवा शुल्क बढाउने प्रतिष्ठानको निर्णयको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति र राजनीतिक दलहरुले विरोध गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्