महालेखा नियन्त्रकको कार्यालयमा तालाबन्दी



काठमाडौं : ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ प्रति आपत्ति जनाउँदै आन्दोलनरत लेखा समूहका कर्मचारीहरुले मंगलबार महालेखा नियन्त्रक कार्यालयमा तालाबन्दी गरेका छन् । संघीय सरकार मातहत आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न सरकारसँग पहल गरिदिन आग्रह गर्दै लेखा समूहका कर्मचारीहरुले काठमाडौंस्थित महालेखा नियन्त्रक कार्यालयमा मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा तालाबन्दी गरे । 

कर्मचारी समायोजन अध्यादेशले आफूहरुलाई बेवास्ता गरेको उनीहरुको आरोप छ । कर्मचारी समायोजन अध्यादेशमा प्रदेश र स्थानीय तहमा आफूभन्दा कनिष्ट कर्मचारी मातहत रहने गरी परिचालन गर्ने व्यवस्था गरेकोमा लेखा समूहका कर्मचारीले आपत्ति जनाएका हुन् । 

यस्तो व्यवस्था मान्य नहुने बताउँदै उनीहरुले देशभरका आ–आफ्ना कार्यालयको कामकाज छोडी आन्दोलन सुरु गरेका हुन् । आफूहरुको माग सरकारले तत्काल सम्बोधन नगरे बुधबारदेखि देशभरका लेखासम्बन्धि सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी लेखा अधिकृत तुलसीराम बस्नेतले दिए । 

 

प्रतिक्रिया दिनुहोस्