अशान्त आसाम : नेपालीभाषी भन्छन्– ‘हामी कहाँ छम् ?’


काठमाडौं : भारतीय संसदको तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि नेपाली भाषी आसामीहरुले यसको चर्को विरोध गरिहेका छन् । पूर्वोत्तर भारतको आसाम राज्यमा रहेका लाखौं नेपालीभाषीहरूको भारत सरकारले राष्ट्रिय नागरिक रजिष्टरमा नाम छुटाएपछि उनीहरु त्यसको चर्को विरोधमा उत्रिन बाध्य भएका हुन् ।

राष्ट्रिय नागरिक रजिष्टरबाट योजनाबद्धरुपमा नाम नै हटाएपछि आसामका आदिवासीले गरिरहेका विरोध आन्दोलनमा नेपालीभाषीहरूको क्रियाशील सहभागिता रहँदै आएको छ । आफ्नै भूमिमा आफूहरु ‘अनागरिक’ बनाइने प्रपञ्चविरुद्ध आसामी आदिवासी तथा नेपाली भाषीहरु दिल्ली पुगेरसमेत प्रदर्शन तथा विरोध गरिसकेका छन् ।

भारत सरकारले जारी गरेको राष्ट्रिय नागरिक रजिष्टरमा आसाममा रहेका भारतीय स्वतन्त्रता सेनानीकै परिवारका सदस्य आफ्नै भूमिमा ‘अनागरिक’ हुन पुगेपछि यो आफैमा प्रायोजित र चलखेलपूर्ण देखिन गएको छ । भारतमा हाल राज गरिरहेको वीजेपी सरकारले यदि हिन्दु–अहिन्दु शुद्धीकरणको अभियान यसैमार्फत शुरु गरेको हो भने यो उसका लागि निकै महंगो साबित हुने देखिएको छ ।

आसामबाट लामो समयदेखि वीजेपीको प्रतिनिधिका रुपमा विजयी भई सन् २०१४ देखि २०१९ सम्म निरन्तर लोकसभामा सांसद रहिसकेका रामप्रसाद शर्माका अनुसार आदिवासीहरू गरेको आन्दोलमा आसाम गोर्खा सम्मेलन र अखिल आसाम गोर्खा छात्र संस्थाले पूर्ण समर्थन गरेर सहभागिता जनाइरहेका छन् ।

राष्ट्रिय नागरिक रजिष्टरको सूचीबाट झन्डै एक लाख नेपालीभाषी छुटाइएका छन् । रजिष्टरबाट छुटाइएपछि तत्काल त्यसको जानकारीसहित छुटेका सबैलाई समावेश गर्न आग्रह गर्दै नेपालीभाषीहरुले निरन्तर पहल लिइरहेका छन् । भनेको कुराको सुनुवाइ नगरी उल्टै त्यही विभेदकारी विधेयक नै संसदको तल्लो सदनबाट पारित भएपछि नाम छुटेकाहरूलाई समेट्ने आशा पनि समाप्त भइसकेको छ । त्यसपछि नेपाली भाषी र आदिवासीहरुका लागि आन्दोलनको विकल्प नै रहेको छैन ।

अर्कोतिर, भारत सरकारले अफगानिस्तान, पाकिस्तान र बङ्गलादेशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धार्मिक धरातलमा नागरिकता दिन सकिने व्यवस्था राखिएपछि उक्त विधेयक झनै विवादास्पद बन्न गएको छ । विधेयक पारित भएपछि प्रधानमन्त्री मोदीले उक्त विधेयकले सबैलाई मिलाएर राख्ने र मानवीय मूल्यअनुसार व्यवहार गर्ने भनी मौखिक आश्वासन दिए पनि पारित विधेयकको विरोधमा जनमानस सडकमा ओर्लन भने छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग,

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान