बढ्यो सुनको मूल्य



काठमाडौं : बुधबारको तुलनामा आज (बिहीबार) सुन तोलामा ४ सयले बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार ७० हजार ८ सयमा कारोबार भएको सुन आज तोलामा ४ सयले बढेर ७१ हजार २ सय पुगेको महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलाको ७० हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी ८ सय ४० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्