टोटनह्यामाथि बार्सिलाेनाकाे शानदार जित



काठमाठौं : युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह 'बी'को खेलमा स्पेनिस महारथी क्लब बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामाथि ४–२ को जित निकालेको छ। टोटनह्यामलाई उसैको घरेलु मैदानमा हराउने क्रममा बार्सिलोनाका कप्तान लिओनल मेसीले २ गोल गरे। 

 

खेलको दोस्रो मिनेटमा काउटिन्होले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। इभान राकिटिक २८ मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे। ५२ मिनेटमा टोटनह्यामका ह्यारी केनले गोल गरेर बार्सिलोनाको अग्रता २–१ मा झारे।

 

तर मेसीले ५६ मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे। ६६ मिनेटमा एडम लामेलाको गोलमा टोटनह्यामले बार्सिलोनाको अग्रता ३–२ मा झारे। खेलको अन्तिम मिनेटमा मेसीले टिमका लागि चौथो गोल गरेपछि बार्सिलोनाले ४–२ को जित पक्का गर्‍यो।

 

यहि समूहको अर्को खेलमा इन्टर मिलानले पिएसभीलाई २–१ ले हरायो। योसँगै समूह 'बी'मा बार्सिलोना र इन्टरको ६–६ अंक भएको छ।

 

यता समूह 'सी' को खेलमा पिएसजीले रेडस्टारलाई ६–१ ले हरायो। पिएसजीका लागि नेइमारले ह्याट्रिक गरे। उनले २०, २२ र ८१ मिनेटमा गोल गरे। इडिन्सन काभानीले ३७, एन्जल डी मारियाले ४१ र केलियन एमबाप्पेले ७० मिनेटमा गोल गर्दा पिएसजीले सानदार जित हात पार्‍यो।  

 

यो समूहको अर्को खेलमा इटालियन क्लब नापोलीले इंग्लिस क्लब लिभरपुललाई १–० ले हरायो। नापोलीका लागि इनसाइनले ९० मिनेटमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्