प्रधानन्यायाधीशमा जबराको नाम स्वीकृत



काठमाडौँ  : संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमशेर जबराको नाम स्वीकृत गरेको छ । समितिले जबराको नाम सर्वसम्मत अनुमोदन गरेपछि उनी नयाँ प्रधानन्यायाधीश बन्ने पक्का भएको छ । 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई नेपालको २८ औं प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको हो । उनी तीन वर्षका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् ।

 

जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो । उनीमाथि परेका उजुरीका बारेमा सुनुवाइ गरेपछि उनको नाम स्वीकृत गरिएको हो । मंगलबारको बैठकमा राणाले आफूविरुद्ध परेका उजुरी र सोधिएका प्रश्नको जवाफ दिएका थिए ।

 

जबराले अब राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्