कांग्रेस मुख्यालय सानेपामा देउवाविरुद्ध नारावाजी



काठमाडौं : आज (बिहीबार) अपराह्न १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको बैठक संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच सहमती नहुँदा बस्न सकिरहेको छैन । कांग्रेस केन्द्रीय समितिको बैठक शुरु हुनुपर्नेमा कांग्रेस मुख्यालय सानेपामा अहिले छुट्टाछुट्टै गुटको बैठक बसिरहदा बाहिर भने नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले नारावाजी गरिरहेका छन् ।

पार्टी सभापति शेरबहादु दउवाले नेविसंघको नेतृत्वमा विधान विपरित ३२ वर्ष काटेका व्यक्तिलाई मनोनयन गर्न खोजेको समाचार बाहिर आएपछि त्यसको विरुद्धमा नेविसंघका कार्यकर्ताहरुले नारावाजी गरिरहेका छन् ।

बाहिर नारावाजी भइरहँदा भित्र भने आज केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने एजेण्डा र निर्णयका विषयमा सहमतीका लागि बैठकहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्