‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’


काठमाडौं : नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताएका छन् ।

आफ्नो सम्मानमा परराष्ट्र सचिव शङ्करदास वैरागीले आज अपराह्न राजधानीमा आयोजना गरेको बिदाइ समारोहमा उनले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश प्रवाह गरेको बताए । राजदूत पूरीले भने, “संसारका कुनै पनि देशले एकैपटक तीनवटा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको इतिहास छैन ।”

उनले भारत र नेपालबीचको सम्बन्ध अतुलनीय रहेको तथा शताब्दीऔँ पुरानो आपसी मैत्री भविष्यमा अझ सुमधुर एवं सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए । “देवभूमि नेपाल भारतीयहरूका निम्ति अति सम्मानीय छ, प्रकृतिको वरदानप्राप्त अति सुन्दर राष्ट्र नेपाल जलस्रोत र पर्यटनका माध्यमबाट विकासको पथमा लम्किन सक्षम छ”, उनले भने ।

आफ्नो कार्यकालमा अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणसम्बन्धी दुई राष्ट्रबीच भएको सहमति, भूकम्पपछिको पुनःनिर्माण, एकीकृत जाँच चौकी, हुलाकी राजमार्गलगायत भारत–नेपाल सहयोग र साझेदारी पारस्परिक मैत्रीका प्रतीक भएको बताए । अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजनाले नेपालको सामाजिक–आर्थिक परिदृश्यमा अकल्पनीय परिवर्तन ल्याउने र नेपाललाई समृद्ध देशका रुपमा विश्वमा स्थापित गर्ने उनले बताए ।

सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव वैरागीले राजदूत पुरीको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ हासिल गरेको भन्दै त्यस निम्ति उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । समारोहमा नेपालस्थित अधिकांश देशका राजदूत तथा कार्यबाहक राजदूतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव

काठमाडौं– सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन

एजेन्सी– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ९१ जना पुनः संक्रमित भएको पुष्टि भएको

काठमाडौं– भारत सरकारले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत

काठमाडौं– भारतले कोभिड – १९ सँग लड्न नेपाललाई आफ्नो औषधीय आपूर्तिलाई जारी राख्ने एवम् सहज

वीरगन्ज– समादवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले शुक्रबार एक

धनगढी : कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेष्ट गर्न थालिएको छ

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको

एजेन्सी– कोरोना भाइरसको संक्रमण भारतमा तिब्र गतिमा फैलिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालका अनुसार संक्रमितको

एजेन्सी– कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ९७ हजार ५६ पुगेको छ भने १६ लाख

अमेरिका : अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल

काठमाडौं : लकडाउनको पालनामा कडाइ गरिएपनि रातारात हिँडेरै काठमाडौं उपत्यका छाड्ने क्रम नरोकिएको प्रहरी र