प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने


फाइल फोटो

काठमाडौं : नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०÷५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

महासेनानी रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १० हजार प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । “सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ”, महासेनानी रायमाझीले भने । विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गरिँदै आएको सो प्रतियोगिता यसपटक विदेशी फुटबल टोलीको आग्रहमा लिगकम नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको उनले बताए ।

खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ । प्रतियोगितको उद्घाटन खेल मङ्सिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको मुख्यालयस्थित खेल मैदानमा हुनेछ । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले यो आर्थिक वर्ष भित्रै बिद्धुतीय वस सञ्चालन गर्ने

कास्की : अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूबारे जानकारी लिन नेपालस्थित दक्षिण कोरियाली राजदूतसहितको टोली पोखरा

दाङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका

काठमाडौं : सभामुख चयनको विषय टुङ्ग्याउन बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा

सिन्धुपाल्चोक :बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घर–टहरा भत्काउँदा झडप भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले

मुग्लिन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन

काठमाडौं : जाडो मौसममा चिसोबाट बच्न जति बाग्लो लुगाको जति भूमिका हुन्छ उत्तिनै खानाको पनि

काठमाडौं : आज (आइतबार) देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही

सोलुखुम्बु : प्रहरीले सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलाएको छ। तिङ्लाको

काठमाडौं : हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले गायिका आस्था राउतलाई प्रहरीसँग माफी माग्न सुझाव

दिल्ली : “हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना