राष्ट्रियसभाको निर्वाचन माघ ९ गते



काठमाडौं : राष्ट्रियसभाको निर्वाचन आगामी माघमा हुने भएको छ । आगामी फागुन २१ गते १९ सांसदको दुई वर्षे कार्यकाल सकिने भएकोले माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।

संविधानअनुसार राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्ने हुन्छ । सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।

राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्