धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो


काठमाडौं : साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अङ्कले बढेर एक हजार १७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अङ्कले बढेर २५५.६० पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज कुल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको शेयर ८.२२ अङ्कले घटेको छ । यस्तै बैंकिङ २.८२, विकास बैंक २.७२, हाइड्रोपावर २८.९७, फाइनान्स १.४, निर्जीवन बीमा ३३२.०४, जीवन बीमा २७८.६९ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु आठ करोड २८ लाख ५२ हजार ३१ मा खरिदबिक्री भयो । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु चार करोड १० लाख ७० हजार ६२०, एनएमबी बैङ्कको रु तीन करोड ७६ लाख ५९ हजार ५४४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ६६ लाख ५३ हजार ५४४, नेपाल बैंक लिमिटेडको रु दुई करोड एक लाख ८९ हजार ३८ र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर रु एक करोड ८६ लाख ३८ हजार २१६ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.७७ प्रतिशतले गुमाए । यस्तै साल्ट्र ट्रेडिङ कम्पनी ४.६०, युनिलिभर नेपाल लिमिटेड ३.९३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.६७, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले समान ३.४४ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै सूर्या लाइफ इन्स्योरेन्स ९.९६, हिमालयन जनरल इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ९.९२, हिमालयन उर्जा विकास कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सका लगानीकर्ताले समान ९.८० तथा नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७९ प्रतिशतले

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव

काठमाडौं– सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन

एजेन्सी– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ९१ जना पुनः संक्रमित भएको पुष्टि भएको

काठमाडौं– भारत सरकारले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत

काठमाडौं– भारतले कोभिड – १९ सँग लड्न नेपाललाई आफ्नो औषधीय आपूर्तिलाई जारी राख्ने एवम् सहज

वीरगन्ज– समादवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले शुक्रबार एक

धनगढी : कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेष्ट गर्न थालिएको छ

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको

एजेन्सी– कोरोना भाइरसको संक्रमण भारतमा तिब्र गतिमा फैलिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालका अनुसार संक्रमितको

एजेन्सी– कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ९७ हजार ५६ पुगेको छ भने १६ लाख

अमेरिका : अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल

काठमाडौं : लकडाउनको पालनामा कडाइ गरिएपनि रातारात हिँडेरै काठमाडौं उपत्यका छाड्ने क्रम नरोकिएको प्रहरी र