शनिबारदेखि ‘ए’ डिभिजन लिग फुटबल सुरु हुँदै, विजेताले ५० लाख पाउने


काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार पाउने भएको छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै ‘ए’ डिभिजन लिगको विजेताले ५० लाख पाउने जनकारि दिएको हो। यस्तै उपविजेताले ३५ लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन् । चौंथोले १५, पाँचौले ७ र छैटौंले ५ लाख पाउने छन् ।

एन्फाले हरेक खेल जित्ने टोलिलाई बोनस वापत थप ५० हजार दिनेछ भने बराबरी भए १५/१५ हजार दिनेछ । यसैगरी एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने भएको छ भने प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ ।

हेरक खेलको म्यान अफ दि म्याचलाई १० हजार र फेयर प्ले टिमले १ लाख पाउने छन् । लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेज रहेको छ। एन्फाले पहिलो पटक लिगका लागि विदेशी कम्पनिसँग सहकार्य गरेको हो । यस्तै लिगमा एक मात्र टिम घटुवा हुनेछ । यस अघिको लिगमा दुई टिम घटुवा हुने गरेको थियो ।

दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा सुरु हुने छ। पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट दुई दुई खेल हुनेछ ।

१४ क्लबले प्रतिस्पर्धा गरेको खेल फागुन ३ गते सकिने छ जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् ।

टिकट दर साधारण प्याराफिटमा २ सय र भिआइपीतर्फ ५ सय कायम गरिएको छ। टिकटबाट १ करोड उठाउने एन्फाको लक्ष्य छ। यसपटकको टिममा चार जना विदेशी खेलाडी राख्न पाइनेछ।

लिगमा सहभागी टिम
थ्रीस्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, फेण्ड्स क्लब, मच्छिन्द्र क्लब, च्यासल युवा क्लब, नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, नेपाल एपिएफ, जवालखेल युथ क्लब, बिग्रेड ब्वाइज क्लब र एनआरटी

 खेल तालिका

No photo description available.
No photo description available.
No photo description available.
प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या