लुसुक्क दूतावास छिरेका डीआईजीको पद धरापमा


काठमाडौं : जागिर खान गएका शसस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठलाई शसस्त्र मुख्यालयले कारबाही स्वरुप सचेत गराएको छ । शसस्त्र प्रहरीको कमाण्ड एण्ड स्टाफ कलेजमा प्रमुखका रुपमा कार्यरत डीआईजी श्रेष्ठ जागिर खान गएको ६ गते महाराजगन्जस्थित अमेरिकी राजदुतावासमा छिरेको कुरा बाहिर आएपछि शसस्त्र मुख्यालयभित्र हंगामा नै मच्चिएको थियो ।

जुन विषयलाई शसस्त्र मुख्यालयले छानविन गरेर टुङ्ग्याएको बताइन्छ । जसअनुसार डीआईजी श्रेष्ठलाई पदीय अनुशासन विपरीतको काम गरेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरूप सचेत गराएको हो । मुख्यालयको निगरानीमा परेपछि डीआईजी श्रेष्ठको जागिर धरापमा पर्न थालेको पनि चर्चा हुन थालेको छ ।

शसस्त्र डीआईजी श्रेष्ठ माथिल्लो निकायलाई जानकारी नगराई जागिरका लागि दुतावास पुगेको आरोपमा छानविनको दायरामा परेका थिए । सरकारी गाडीमा चढेर उनी दूतावास छिरेका थिए । त्यहाँ उनले करिब एक घण्टा समय बिताएको बताइन्छ ।

श्रेष्ठलाई पदीय आचरण अनुरुप काम नगरेको भन्दै उनको चर्को विरोध भएपछि उनलाई स्पष्टिकरण सोधिएको शसस्त्र मुख्यालयले बताएको छ । शसस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठले विदेशी नियोगमा जाँदा अनुमति लिनुपर्ने र नलिए कारबाही हुने व्यवस्थाअनुसार नै डीआईजी श्रेष्ठलाई सचेत गराएको बताए ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ । अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, औपचारिक कार्यक्रम र निमन्त्रणामा जान पाउने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव

काठमाडौं– सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन

एजेन्सी– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ९१ जना पुनः संक्रमित भएको पुष्टि भएको

काठमाडौं– भारत सरकारले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत

काठमाडौं– भारतले कोभिड – १९ सँग लड्न नेपाललाई आफ्नो औषधीय आपूर्तिलाई जारी राख्ने एवम् सहज

वीरगन्ज– समादवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले शुक्रबार एक

धनगढी : कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेष्ट गर्न थालिएको छ

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको

एजेन्सी– कोरोना भाइरसको संक्रमण भारतमा तिब्र गतिमा फैलिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालका अनुसार संक्रमितको

एजेन्सी– कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ९७ हजार ५६ पुगेको छ भने १६ लाख

अमेरिका : अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल

काठमाडौं : लकडाउनको पालनामा कडाइ गरिएपनि रातारात हिँडेरै काठमाडौं उपत्यका छाड्ने क्रम नरोकिएको प्रहरी र