अत्याधुनिक हतियारसहित सिरहामा एक पक्राउ



जनकपुरधाम : सिरहामा अवैध हातहतियार बोक्ने एकजनालाई पक्राउ गरिएको छ । प्रहरी टोलीले अत्याधुनिक हतियार एसएमजी थान १, त्यसमा प्रयोग हुने म्यागजिन थान २, गोली पाँच राउन्डसहित जिल्लाको धनगढी नगरपालिका–११ बस्ने ४६ वर्षीय चतुरनारायण चौधरीलाई पक्राउ गरेको हो । 

विशेष सुराकीका आधारमा जिल्लाकै गोलबजार नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा स५प ३७४१ नम्बरको मोटरसाइकलमा सवार चौधरीको खानतलासी गर्दा मंगलबार हातहतियार बरामद भएको सिरहा प्रहरीले जनाएको छ । 

चौधरीका साथबाट स्वतन्त्र तराई निर्माण सेना केन्द्रीय ब्युरो लेखिएको पर्चासमेत फेला परेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार चौधरीउपर हातहतियार तथा खरखजाना मुद्दा चलाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्