शनिबारदेखि पीपीएल सुरु हुँदै, विजेताले २७ लाख पाउने


काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्ने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै विजेताले २७ लाख पाउने जनाएको हो ।

यस्तै उपविजेताले १० लाख रुपैयाँ पाउने छन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने छ ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नो ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया दिइनेछ । ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगिता पोखरा रंगशालामा पुस १२ गतेसम्म चल्ने छ ।

लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । उद्धघाटन खेल मंसिर २८ मा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने छ ।

पीपीएलमा कुल १७ खेल हुने छन् । लिग चरण पछि शीर्ष टोली स्वतः फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नु पर्ने समिकरण छ । पुछारमा रहने तीन टोली लिग चरणबाटै बाहिरने छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको तथा खेलका लागि खेलाडी पोखरा आउने क्रम शुरु भइसकेको आयोजकको भनाइ छ । मैदानमा पिच, अस्थायी प्यारापिट, प्लेयर बक्स, मिडिया सेन्टरलगायत आवश्यक संरचना निर्माण सकिएको प्रबन्ध निर्देशक लामाले जानकारी दिए।

अघिल्लो संस्करणमा दुईजना विदेशी खेलाडी प्रत्येक टोलीमा रहेकामा यस पटक तीन जनाका दरले विदेशी खेलाडी प्रत्येक टोलीमा आबद्ध रहेको बताइन्छ । प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

लिगमा सहभागी टिम

विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् ।

खेल तालिका

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा