झुटो विवरण पेश गरी भारतीय परिवारलाई नै नेपाली नागरिकता


नरेश सर्राफ

वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित निकायमा लिखित उजुरी दिँदा पनि कारवाहीको प्रकृया अगाडि बढाएको छैन । भारतको राजस्थानका मुल निवासी जगदीश प्रसाद अग्रवालले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका थिए ।

अग्रवाल परिवारले जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरुको मिलोमतोमा नक्कली कागज प्रमाण खडा गरी २०६३ मा नेपाली नागरिकता लिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साबाट फारम नम्बर ५४२०२२ भरेर जगदीशले ३४३०२२—१३/७१४ नम्बरको नागरिता लिएका छन् । त्यसैगरी उनका भाई राकेश कुमार अग्रवालले फारम नम्बर ५४२०२३ भरेर ३४३०२२—१३/६३० नम्बरको नागरिकता र छोरा अमित कुमार अग्रवालले फारम नम्बर ५४२०२४ भरेर ३४३०२२—१३/६२० नम्बरको नागरिता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयको क्रमश फराम नम्बर ५४२०२२, ५४२०२३ र ५४२०२४ मा झुठो विवरण भरी झुठा प्रमाण कागजको आधारमा जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरुको मिलोमतोमा २०६३ सालमा ५८ बर्षिय जगदीश र उनका भाई ४५ बर्षिय राकेश र छोरा ३२ बर्षिय अमितले एकसाथ नेपाली नागरिकता लिन सफल भएका हुन् ।

यसैगरी उनकी श्रीमतीले नागरिकता नम्बर १६०३२३४६० नम्बरको नेपाली नागरिकता लिएकी छिन् । अग्रवाल परिवारले लिएको नागरिकता नेपाल नागरिकता ऐन २०६३ को दफा १२, १३, १४, २१, २२ (२) नम्बरको विपरीत भएको र कसुर अपराध गरेकोले ऐनको दफा २१,२१(२) बमोजिम दोषीलाई कारबाहीको लागि देशभक्त नेपालीले गोप्य रुपमा सम्बन्धित निकायमा हुलाकमार्फत उजुरी दर्ता गराएका छन् ।

अग्रवाल हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–१० आर्दशनगरमा बस्दै आएका छन् । अग्रवाल भारत राजस्थानको सरदार सहरका स्थायी निवासी हुन् । भारतमा हालै सम्पन्न लोकसभाको चुनावमा समेत क्रियाशिल रहेका अग्रवालको साथमा उनका परिवारको पनि सहभागिता रहेको थियो ।

राजसस्थानकै सरकारी टान्टीया गर्ल अपर प्राईमरी सदर सहरमा भएको मतदानमा जगदीश अग्रवालले जारी गरेका आफनो मतदाता संख्या १०७५ बाट पहचान पत्र नम्बर जेड.एक्श.वाई. ०३५६४३६ ले भोट खसालेका थिए ।

राकेशले आफनो भारतीय मतदाता संख्या १०८५ बाट पहचान पत्र नम्बर एन. जेड.एक्श.वाई. ०६२५१२९ र अमितले आफनो मतदाता संख्या १०७९ बाट पहचान पत्र नम्बर एन.एच.एम.आर. १६२९२९४ ले भारतीय मिति २०१९ मई ६ तारिकका दिन भएको लोक सभा चुनावमा सक्रियताको साथ सहभागिता जनाएको प्रमाण सहित फेला परेपछि सम्बन्धीत निकायमा हुलाक कार्यालय मार्फत निवेदन दर्ता गराईएको हो ।

करिब ८ पेजको भारतीय नागरिक सहितको प्रमाण फेला परेपछि देशभक्त नेपालीले जिल्ला हुलाक कार्यालय पर्सा मार्फत जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र गृह मन्त्रालयमा यही कात्र्तिक १९ गते उजुरी दर्ता गराएको हो ।

उजुरी दर्ता गराएको १ महिना भन्दा बढी नाघेपनि सम्बन्धित निकाय मौन देखिएको छ । उजुरीकर्ताले नाम नखुलाउने सर्तमा भने, ‘सबै प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दर्ता गराएपनि अग्रवाल परिवारले पैसाको पहुचमा मुद्दा दबाउने खेलमा पारी लागि परेको छन् ।’

पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफू कार्यभार सम्भालेको तीन दिन मात्र भएकोले नागरिकता सम्बन्धी परेको जाहेरी बारे आफूलाई जानकारी नभएको बताए । यदपी उनले भने, झुठो विवरण पेश गरी प्राप्त गरेको नागरिकता विरुद्ध प्रमाण सहितको उजुरी छ भने त्यसमाथि अनुसन्धान गरेर कारवाहीको प्रकृया अगाडी बढाईने प्रतिबद्धता जनाए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता विरेन्द्र बहादुर शाहीले नागरिकता सम्बन्धी जाहेरी बारे आफूलाई जानकारी नभएको बताउँदै यदी भारतीय नागरिक भएको प्रमाण सहितको जाहेरी परेको छ भने, नागरिकता ऐन २०६३ अनुसार कानुनी कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा