सप्तरीमा सरकारी मेडिकल कलेज खुल्ने



काठमाडौं : सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) स्थापना हुने भएको छ । संघीय मन्त्रिपरिषद्को सोमबारको बैठकले सप्तरीमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठान जिल्ला सदरमुकाम राजविराजमा स्थापना हुनेछ । जसबाट प्रदेश नं. १ र २ का बिरामीले स्वास्थ्योपचार सुविधा प्राप्त गनेछन् ।

साथै चिक्त्सिासास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि समेत ठूलो अवसर प्राप्त हुनेछ ।

विकास र निर्माणको दृष्टिले अत्यन्त पछाडि परेको यो जिल्लामा मेडिकल कलेज खुलेपछि सीमावर्ती भारतीय क्षेत्रका जनताले पनि सेवा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्