सुदूरपश्चिमका सबै जिल्लामा एयर लिप्टिङ सेवा, सबै निर्वाचन क्षेत्रमा एम्बुलेन्स



कैलाली : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशअन्तर्गतका पहाडी सात जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा एक एक एम्बुलेन्स खरिद गर्ने तयारी गरेको छ । 

ग्रामीण भेगका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन १६ एम्बुलेन्स खरिदका लागी टेन्डर पक्रिया अगाडी बढाइएको सामाजिक विकास मन्त्री कुष्णराज सुवेदीले जानकारी दिए । 

मन्त्रालयले एम्बुलेन्स खरिदका लागी ६ करोड ४० लाख बजेट विनियोजन गरेको छ । एउटा एम्बुलेन्सको मूल्य चालिस लाख अनुमान गरेर बजेट विनियोजन गरिएको मन्त्री सुवेदीले जानकारी दिए । 

त्यस्तै सामाजिक विकास मन्त्रालयले जटिल घाउ/चोटपटक, दुर्घटना र गर्भवतीलाई लक्षित गर्दै प्रदेशअन्तर्गतका जिल्लामा एयर लिप्टिङ सेवा सञ्चालन गर्न एक करोड बजेट विनियोजन गरेको छ । 

मन्त्रालयले सेती अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न दुई करोड छुट्ट्याएको छ ।  

त्यस्तै सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका प्रमुख नाकाहरू त्रिनगर, गड्डाचौकी र टिकापुरमा हेल्थ डेस्क स्थापना गर्नका लागि मन्त्रालयले ३० लाख बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवको आयोजना फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय रगंशाला बनाउन मन्त्रालयले पाँच करोड बजेट छुट्ट्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्