मिस नेपाल श्रृंखला बनिन् वाणिज्य बैंकको एम्बासडर



काठमाडौं : मिस नेपाल श्रृंखला खतिवडा वाणिज्य बैंकको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । 

हालै मात्र चीनमा सम्पन्न मिस वल्र्डमा सहभागी भएर फर्किएकी श्रृंखलालाई वाणिज्य बैंकले एम्बासडर नियुक्त गरेको हो ।

बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीले बैंक र श्रृंखलाबीच यस विषयमा सहमति भएको बताएका छन् ।

श्रृंखला चीनमा सम्पन्न ‘मिस वल्र्ड’को टप १२ मा पर्न सफल भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्