अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न सर्वोच्चले आदेश दिएपछि मुआब्जा वितरण प्रभावित


बारा : बारामा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुनेभएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब ११ हजार ८७५ बिघा अर्थात आठ हजार ४५ हेक्टर क्षेत्रफल जमीन छुट्याइएको छ ।

सोमध्ये करीब ११० बिघा निजी जमीनको मुआब्जा दिनुपर्ने छ । तर सर्वोच्च अदालतले निर्माण कार्यमा रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुने भएको हो । अहिलेसम्म करिब साढे ६५ बिघा जग्गाको मुआब्जा वितरण भइसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाले जनाएको छ ।

विभिन्न तीन चरणमा ६५ बिघा ९ कठ्ठा ८ धुर जग्गाको मुआब्जा वितरण गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका निमित्त प्रमुख विजय यादवले बताउनुभयो । मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकठ्ठा चार लाख ६० हजार, भित्री सडकखण्डसँग जोडिएको जग्गाको प्रतिकठ्ठा रु दुई लाख ४९ हजार २५० र बाटो नभएका जग्गाको प्रतिकठ्ठा रु दुई लाख चार हजार १५० का दरले मुआब्जा वितरण गरिएको परियोजनाले जनाएको छ ।

मुआब्जा वितरण गर्नुपर्ने र बाँकी रहेका जग्गाको मुआब्जाका लागि केही व्यक्तिले आवेदन दिएको परियोजनाले जनाएको छ । केही व्यक्ति अहिलेसम्म पनि परियोजनाको सम्पर्कमा नआएको परियोजनाका निमित्त परियोजना प्रमुख यादवले बताए । लालपूर्जा भएका जग्गाबाहेक बाँकी जग्गा राष्ट्रिय वनको रहेको परियोजनाको जिकिर छ । पछिल्लो तीन वर्षको अवधिमा जग्गामा घेराबेरा लगाउनुका साथै पसाहा खोलामा दुई हजार २५० मिटरसम्म नदी नियन्त्रणको काम सम्पन्न भएको परियोजनाले बताएको छ ।

जङ्गलको बीचबाट मुख्य सडकसम्म आउने शाखा सडकको दुवैतर्फ घेराबेरा परियोजना गरेको छ । पूर्वमा लालबकैया खोलादेखि पश्चिममा पसाहा खोलासम्म र उत्तरमा महेन्द्र राजमार्गदेखि पश्चिममा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जग्गाको सिमानासम्मको पहिचान हुनेगरी काम भइसकेको परियोजनाका निमित्त परियोजना प्रमुख यादवले बताए ।

आयोजनाको धावनमार्ग निर्माण हुने स्थानमा रहेको टाँगियाबस्ती स्थानान्तरणका लागि वैकल्पिक स्थानको पहिचान र अध्ययन भइसकेको परियोजनाले बताएको छ । तर सर्वोच्च अदालतको आदेशपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य तत्कालका लागि रोकिएको परियोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं: बैकिङ करिर शुरु गर्न चाहनेहरुको लागि खुसीको खबर आएको छ । बित्तीयससंस्थामा काम गर्न

धुलिखेल: धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना

काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति

काठमाडौं : अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब

भैरहवा : लुम्बिनीमा रहेका बिभिन्न देशका बौद्ध बिहारहरु गेष्ट हाउसको रुपमा सञ्चालनमा हुँदा ब्यवसायीको लगानी

काठमाडौं : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ मा रहेको रमणीय र पर्यटकीय दामन घुम्ने अभिलासा बोकेर

काठमाडौं : राजीनामा नदिने लामो अडानपछि शिवमाया तुम्बाहाङ्फेले सोमवार संसद् बैठकमै उपसभामुख पदबाट राजीनामको घोषणा

काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेल सकिएको छ। सातौं चरणको

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमणमा आउने भन्दै सन् २०२० को

मकवानपुर : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ

श्रीलङ्का : श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) केहीबेरमा ’भिडियो