अनुष्काले जितिन् ‘मल्टीमिडिया अवार्ड’



काठमाडौं : मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

अनुष्काले मिस वर्ल्ड २०१९ मा मल्टीमिडिया अवार्ड जितेकी छन् । उनले बिहीबार प्रतियोगिताको सबटाइटल मल्टिमिडिया अवार्ड जितेकी हुन् ।

अनुष्काले सामाजिक सञ्जालमार्फत मल्टीमिडिया अवार्ड जितेकी जानकारी दिँदै आफूलाई मत दिने सम्पूर्ण नेपालीहरुप्रति आभार प्रकट गरेकी छिन् ।

अनुष्का यसअघि नै हेड टू हेड च्यालेन्ज राउन्डमा इन्डोनेसियाकी सुन्दरीलाई जितेर टप ४० मा परिसकेकी छन् । यसबाहेक उनी ‘ब्युटी विथ अ पर्पोस’ को टप १० मा पनि परेकी छन् ।

सन् २०१८ को मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल श्रृखला खतिवडाले पनि मल्टिमिडिया अवार्ड जितेकी थिइन् ।

मिस वर्ल्डको फाइनल यही डिसेम्बर १४ तारिखका दिन अर्थात शनिबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्