विवादका भुमरीबीच देउवाले गरे यस्ता निर्णय


काठमाडौं : नेपाली कांग्रेसको हिजो बसेको बैठक रापचन्द्र पौडेलपक्षले बहिस्कार गरेको छ । केन्द्रीय पदाधिकारीसहित सदस्यहरुको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हिजो बिहीबार केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका हुन । पौडेलपक्षले वैठक बहिस्कार गरेपनि वैठक सुचारु भएको थियो ।

बैठकमा देउवाले स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने अड्डी कसेपछि पौडेलपक्ष बैठक छाडेर हिडेका थिए ।

समायोजन नसकिएको, क्रियाशील सदस्यता अद्यावधिक र वितरणको काम सुरु नै नभएकोले समायोजनपछि मात्रै कार्यतालिका ल्याउन सकिने धारणा देउवा पक्षको रहेको थियो । यसैलाई कारण देखाउदै १४ औ महाधिवेशनलाई पर सार्ने देउवापक्षको तयारी रहेको बुझेपछि पौडेलपक्ष वैठक छाडेर हिडेको बताईन्छ । यता पौडेलपक्षले भने ले कार्यतालिकाका विषयमा सभापतिले छलफल गर्नै नचाहेपछि आफू बैठकमा अनुपस्थित रहेको प्रतिक्रिया दिएका छन् ।

पौडेलपक्षको असमति हुँदाहुँदै पनि कांग्रेस सभापति देउवा पक्षले वैठक सम्पन्न गर्दै केन्द्रीय विभागहरु र संरचनात्मक र संख्यात्मक परिमार्जन सम्बन्धी पप्रस्ताव भने छलफलका लागि प्रस्तुत गएिको छ । यस्तै विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने प्रस्ताव पनि गरेको छ ।

बैठकमा पार्टीको विधानको दफा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुनर्गठन गरी विधानकै दफा ३७ (२) अनुसार सो प्रस्ताव गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । यसरी प्रस्तावित केन्द्रीय विभागमा सङ्गठन, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, आर्थिक नीति तथा योजना, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, नेपाली जनसम्पर्क समिति समन्वय, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, स्थानीय तह समन्वय, महिला, तरुण, विद्यार्थी, जिल्ला सम्पर्क समिति समन्वय, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग–व्यापार, पर्यटन, निर्माण, यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान, आदिवासी जनजाति र खेलकुद विभाग रहेका छन् ।

यस्तै प्राकृतिक स्रोत, साहित्य, कला तथा संस्कृति, श्रम, वैदेशिक रोजगार समन्वय एवं आप्रवासन, फरक क्षमता समन्वय एवं उत्प्रेरणा, दलित, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मुस्लिम, वन तथा वातावरण, तराई मधेश, वित्तीय संस्था तथा सहकारी समन्वय, पिछडिएको क्षेत्र समन्वय, विज्ञान तथा प्रविधि, भूपू सैनिक, अन्य पार्टी सम्पर्क र समन्वय, शुभेच्छुक संस्था समन्वय र अन्य भ्रातृ सङ्घ समन्वय गरी ४१ विभाग गठन गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो । पौडेल समूहले बरिस्कार गरेको वैठकमा यसरी संस्थापन पक्षले एकलौटी निर्णय गरेको हो । वैठक अघि नै संस्थापन पक्षले पौडेल पक्षले सहमतिमा नमाने पेलेरै जाने निर्णय गरेका थिए ।

तरुण दलको समयावधि ६ महिना थप प्रस्ताव

बैठकमा तरुणदलको समयावधि ६ महिना थप्ने निर्णय गरेको छ । वैठकमा उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदनलगायत प्रस्ताव प्रस्तुत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

तेस्रो चरणको जागरण अभियान माघ १६ देखि

केन्द्रीय समितिको वैठकले तेस्रो चरणको जागरण अभियान माघ १६ देखि गर्ने भएको छ । सबै स्थानीय तहमा केन्द्रित रहने तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गरेर आगामी माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरिएको हो ।

साग खेलका विजेता खेलाडीमा बधाई

यस्तै बैठकले हालै सम्पन्न दक्षिण एशियाली खेलकूदमा स्वर्ण लगायतका विभिन्न पदक प्राप्त गरी विजयी हासिल गरी मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न सफल सबै खेलाडीमा बधाई ज्ञापन गरेको छ । साथै नेपालको समग्र खेलकुदको प्रगति र खेलाडीहरुको व्यावसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ ।

संवैधानिक परिषद्सम्बन्धी कार्यविधिप्रति ध्यानाकर्षण

बैठकमा काँग्रेसले संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्तमाथि नै आघात पु-याएको आरोप लगाएको छ ।

प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढङ्गले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्दे्शित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिलाई राजनैतिक पूर्वाग्रहका आधारमा लाञ्छित गर्ने, झुटो मुद्दा चलाउने गरी संवैधानिक आयोगजस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई काँग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको हो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही आगामी मङ्सिर २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो