ए डिभिजन लिग : एपीएफ र सरस्वती क्लब विजयी



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बल र सरस्वती युवा क्लब विजयी भएका छन् । विभागीय डर्बीमा सशस्त्र प्रहरी बल (एपीएफ)ले नेपाल पुलिस क्लबलाई तथा सरस्वती युवा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेका हुन् । 

एपीएफले पुलिसलाई ४–१ गोलले पराजित गरेको हो । २०औं मिनेटमा सशस्त्रका राजेन्द्र रावलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । २८ मिनेटमा हरि कार्कीको गोलमा सशस्त्रले अग्रता दोब्बर पार्यो । 

पहिलो हाफ सकिन २ मिनेट बाँकी छदा सशस्त्रले तेस्रो गोल गर्यो । युवराज खड्काले ४३औं मिनेटमा गोल गरेका थिए । पुलिसका अजित भण्डारीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि खेल ३–१ को अवस्थामा आयो ।

८५औं मिनेटमा एपीएफका युवराजले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । जितसँगै सशस्त्र १२ खेलबाट २० अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । १८ अंक जोडेको पुलिस छैटौं स्थानमा झरेको छ।

अर्को खेलमा सरस्वती युवा क्लबले च्यासल युथ क्लबलाई २–१ गोलले हराएको छ । 

जितसँगै सरस्वती १२ खेलबाट १३ अंक बनाउँदै नवौं स्थानमा छभने  १५ अंकसहित च्यासल आठौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्