अमिर प्रजाको ‘बैंसको रन्को’ (भिडियो सहित)



काठमाडौ : लोक गितको भिडमा फेरी अर्को गित थपिएको छ ‘बैंसको रन्को’ । देव बोहोराको शब्द रहेको यस गितमा अमिर प्रजाको संगित रहेको छ । गितमा स्वरमा अमिरलाई साथ दिएकी छन् चर्चित गायिका मुना थापा मगरले ।

निकै मार्मिक लाग्ने यस गितमा बैंस चढ्दै गए पनि आफ्नो मायालुले पिरमर्का नबुझेको कुरालाई उतारिएको छ । धिरज पाल्पालीले संगित संयोजन गरेको यस गितमा पुर्णिमा श्रेष्ठ र प्रज्वल प्रजाले अभिनय गरेका छन् ।

मिठो स्वरका धनी अमिर भर्खरै सांगेतिक क्षेत्रमा उदाएका हुन । उनको स्वर कर्णप्रिय रहेको छ । यस गितबाट सफलता पाउनेमा उनी आशावादी देखिएका छन् ।

देब बोहोरा पनि शब्द लेखनमा अग्रपंतीमा रहेका छन् । यस गितले लोकदोहोरी क्षेत्रमा आफ्नो पकड जमाउन सफल होस सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्