बिबिएलअन्तर्गत पहिलो चरणका खेल सकियो, सन्दीपको उत्कृष्ट प्रदर्शन



काठमाडौं : मेलवर्न स्टार्समा आबद्ध भएर क्रिकेट खेलेका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो तीन खेलमा सानदार प्रदर्शन गरेका सन्दीपले पहिलो चरणको अन्तिम खेलमा पनि राम्रो प्रदर्शन गरे ।

उनले मेलवर्न रेनेगेड्सका कप्तान टम कुपरलाई १० रनमा बोल्ड गरे । खेलमा सन्दीपले ४ ओभरमा ३१ रन खर्चिएका थिए ।

उनले ४ खेलमा लगातार विकेट लिँदा कुल ८ विकेट लिन सफल भए । उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरे ।

सिड्नी थन्डरविरुद्धको खलमार्फत बिबिएलमा डेब्यू गरेका उनले २ विकेट लिए । सो खेलमा उनले थन्डरका कप्तान सेन वाट्सन र कलुम फर्ग्युसनलाई आउट गरे । खेलमा उनले ४ ओभरमा ३६ रन खर्चिएका थिए ।

सन्दीपले दोस्रो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ३ विकेट लिए । सो खेलमा पनि सन्दीपले होबर्टका कप्तान म्याथ्यु वेडसहित एलेक्स डोनाल र म्याक डोरमोर्टलाई पनि आउट गरे । सो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २४ रन खर्चिए।

तेस्रो खेलमा उनले २ विकेट लिए । सन्दीपले सिड्नी सिक्सरका कप्तान मोइसिस हेनरिक्स र टिम कुरानलाईआउट गरेका थिए । खेलमा उनले ४ ओभरमा १८ रन मात्र खर्चिए ।

सन्दीप अब बंगलमदेश प्रिमियर लिग (बिपिएल)का लागि बङ्गलादेश जाँदै छन् । बिपिएल आगामी ५ जनावरीदेखि सुरु हुँदैछ।

सन्दीपले बिबिएलमा पहिलो सत्रका चार खेल खेल्ने सम्झौता गरेका थिए । बिपिएल सकिएपछि सन्दीप दोस्रो चरणका खेल खेल्ने अस्ट्रेलिया फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्