डा गोविन्द केसी इलाममा, भोलिबाट अनसन बस्ने



काठमाडौं : डा गोविन्द केसी आज मंगलबार इलाम पुगेका छन् । सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेकाले सोह्रौं पटकको अनसनका लागि उनी इलाम पुगेका हुन् । 

अनसनको तयारीका लागि डा केसी इलाम पुगिसकेको उनका सहयोगी डा अभिषेक सिंहले ट्वीटमार्फत जानकारी दिएका छन् ।

सिंहले लेखेका छन्,

‘१६औं सत्यागैहको लागि डा गोव्रिन्द केसीले दिनुभएको अल्टिमेटमको आज अन्तिम दिन भएकाले डा केसी सत्याग्रहको तयारीका लागि पूर्वी नेपालको इलाम पुगिसक्नुभएको छ र यसपालिको लडाइँ इलामबाट लड्ने हुनुभएको छ । आशा छ सरकार समयमै गम्भीर बन्नेछ र माग सम्बोधन हुनेछ ।’

सरकारलाई माग पूरा गर्न पटक पटक समय दिँदा पनि आलटाल गरेको भन्दै केसीले १६ औँ अनसन सुरु गर्न लागेका बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्