पहिरोमा परी बेपत्ता



नुवाकोट : विदुर नगरपालिका–१० गेर्खुटारस्थित ढाडखर्क खोलामा सडक विस्तारका क्रममा आएको पहिरोमा परी एक महिला बेपत्ता भएकी छिन् ।  

मंगलबार साँझपख विदुर–१० गैरीखर्ककी ७२ वर्षीया ठूली तामाङ पहिरोमा परी बेपत्ता भएको उनका श्रीमान् प्रेमबहादुर तामाङले जानकारी दिए । सडक विस्तारको काम भइरहेका बेला स्काभेटर रोकेर पैदल यात्रु पास गराउने क्रममा माथिबाट खसेको पहिरामा परेर उनी बेपत्ता भएकी हुन् ।  

स्थानीय र प्रहरीले बेपत्ता ठूलीको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । पहिरामा परेकी अर्की एक महिलाको भने जीवतै उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पठाइएको स्थानीय शिक्षक मुकुन्द नेपालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्