मौलापुर नगरपालिकाले मालपोत कर नलिने


जनकपुरधाम : स्थानीय तहले लगाएको र बढाएको करका कारण मुलुकभर आलोचना भइरहेका बेला रौतहट जिल्लाको मौलापुर नगरपालिकाले भने उदाहरणीय काम गरिरहेको छ । मौलापुर नगरपालिकाले मालपोत कर पनि लिने गरेको छैन।

मौलापुर नगरपालिकाबाट प्रदान गरिने सेवाहरू निशुल्क रहेको छ । यस नगरपालिकाले पञ्जिकरण (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाईसराई दर्ता), नाता प्रमाणित, विभिन्न खाले सिफारिश देखि लिएर मालपोतसम्मको सेवामा कुनै कर लगाएको छैन । तर रौतहटकै अन्य स्थानीय तहहरुमा हरेक शीर्षकमा कर लिने गरिएको छ ।

मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले जनतालाई धेरै आर्थिक भार पर्न नदिन नगरबाट दिइने सेवाहरु निस्शुल्क बनाइएको बताइन् ।

उनले भनिन्, “जनतालाई अधिकार सम्पन्न बनाउन नै हामीले मुलुकलाई संघीय संरचनामा लगेका हौँ । जनताको ठूलो लडाइबाट प्राप्त यो व्यवस्थामा जनताले राहत महशुस गर्न सकेन भने व्यवस्था परिवर्तनको कुनै अर्थ हुँदैन । त्यसैले हामीले यस नगरभित्रका जनतालाई सामान्य कामका लागि कुनै आर्थिक भार नपरोस् भनेर सेवाहरु निस्शुल्क बनाएका हौँ । त्यति मात्र हैन हामीले त विगत देखि लिईदै आएको मालपोत कर पनि न लिने निर्णय गरेका छैनौँ । यसले स्थानीयलाई धेरै राहत दिएको छ ।“

स्थानीय तह गठनपश्चात भएको निर्वाचनपछि कतिपय साविक करमा वृद्धि गर्ने र नयाँ कर निर्धारण गर्ने कामका कारण अधिकांश स्थानीय तह विवादित हुँदै गर्दा मौलापुर नगरपालिकाको निस्शुल्क सेवा प्रदान गर्ने नीतिलाई सकरात्मक मापकको रुपमा अर्थविदहरुले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग,

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान