प्रदेश कपको उपाधि सुर्खेतलाई



सुर्खेत : कर्णाली प्रदेश–कप क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेले हात पारेको छ । मंगलबार पश्चिम रुकुममा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा जाजरकोटलाई हराउँदै सुर्खेतले उपाधि आफ्नो पोल्टामा पारेको हो । 

    

सुर्खेतले जाजरकोटमाथि १४ रनको जित निकाल्यो । टस जितेर ब्याटिङमा उत्रिएको जाजरकोटले निर्धारित २० ओभरमा सात विकेट गुमाउ्रँदै १ सय ६० रन बनायो । 

एक सय ६१ रनको लक्ष पछ्याएको जाजरकोटले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ४६ रन मात्र बनाउन सक्यो । 

पुस १० गतेदेखि सुरु भएको प्रतियोगिताको विजेता सुर्खेतले नगद एक लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता जाजरकोटले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्