पोखरा प्रिमियर लिग : शनिबारको खेल सर्यो, ट्रफी सार्वजनिक



काठमाडौं : प्रतिकुल मौसमका कारण शनिबार हुने भनिएको पोखरा प्रिमियर लिग (पीपीएल) खेल स्थगित भएको छ। काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको उद्धघाटन खेल आइतबारका लागि सारिएको हो । यस अघि भोली (शनिबार) बाट खेल हुने तालिका रहेको थियो ।

पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन् । यस्तै पीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । पोखरामा एक कार्यक्रमबीच आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले शुक्रबार ट्रफी सार्वजनिक गरेको हो ।

ट्रफी सार्वजनिक कार्यक्रममा ५ टोलीका कप्तानको सहभागिता थियो । पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् ।

प्रतिक्रिया दिनुहोस्