मैत्रीपूर्ण खेलमा नेपाल निलो जापानी टिमसँग पराजित



काठमाडौं : जापानको जेएफएल यू–२३ टिमले मैत्रीपूर्ण खेलमा नेपाल निलोलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल निलो ४–० गोल अन्तरले पराजित भएको हो ।

नेपाल निलो पूर्व राष्ट्रिय फुटबल टिमका सदस्य भोला शिलवालको कप्तानीमा मैदान उत्रिएको थियो ।अब जापानी टोलीले आइतबार ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्