जाँदाजाँदै ओमप्रकाश मिश्रले भने, ‘इमान्दारीपूर्वक न्याय सम्पादन गरेँ’



काठमाडौं : मंगलबार अनिवार्य अवकाश पाएका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारीपूर्वक न्याय सम्पादन गरेको दाबी गरेका छन् । मिश्रले विज्ञप्ति जारी गर्दै भविष्यमा न्यायालय थप व्यावसायिक र इमान्दार बन्नुपर्नेमा जोड दिएका छन् । 

‘न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप समृद्धि र उचाईमा स्थापित हुन सकोस्’, उनले विज्ञप्तिमा भनेका छन् ।

अवकाश पाउनुअघि एक सातादेखि इजलासमा नबसी मुद्दाको पेसी मात्र तोक्दै आएका मिश्रले कार्यकालको मूल्यांकन गर्ने जिम्मेवारी सञ्चारकर्मी, नागरिक समाज र अन्यको भएको उल्लेख गरेका छन् । 

न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि मिश्र २०७५ भाद्र २५ गते प्रधानन्यायाधीश भएका थिए । 

प्रतिक्रिया दिनुहोस्