पदक विजेता खेलाडीलाई नगर परिक्रमा (फोटो फिचर)


काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा गराइएको हो ।

उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन । सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि नयाँ सडक, इन्द्रचोक, जावलाखेल, लगनखेल, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, बबरमहल हुँदै पुनः रङ्गशाला पु¥याइएको थियो ।

बिहान ११ बजेदेखि नगर परिक्रमा गराइने भनिए पनि वर्षाका कारण झण्डै दुई घण्टा ढिला भएको थियो । साग पदाधिकारीलाई राखेप परिसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाललगायतले फूलमाला तथा अबिर लगाएर नगर परिक्रमाको शुरुआत गरेका थिए।

सरकारले यसअघि सागका स्वर्ण विजेतालाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जित्नेलाई रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेको थियो । तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रसुवा : कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालबाट चीन छिर्ने महत्वपूर्ण नाकाको रुपमा रहेको रसुवागढी नाका

सुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । आज

रसुवा : चीनको केरुङबाट अवैध रूपमा काठमाडौ ल्याउदै गरेको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट

रुपन्देही : तीनवटा ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु

काठमाडौं : चीनमा कम्तीमा ३,००० लाई सङ्क्रमित गरेको कोरोनाभाइरसले अन्यत्र थप ४७ जना सङ्क्रमित भएका

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सरकारले अब हजारका हजार

इराक : इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीन वटा रकेट प्रहार भएका छन्। एउटा

काठमाडौं : अहिले झ्याप्प झ्याप्प बत्ति जाने गरेको छ । यसरी बत्ती जाने भईरहँदा सेवाग्राहीहरु

धनगढी : जुवाको खालबाट वडाअध्यक्ष सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई धनगढी

काठमाडौं : ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ..’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, “यहीभित्र

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई आज

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ ।