नेपालको आफ्नै भू-उपग्रह, वैशाखममा प्रक्षेपण गर्ने तयारी



काठमाडौं: नेपालले अब आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानस्थित क्युसी इन्टिच्युट अफ टेक्नोलोजी (क्युेटक) को सहकार्यमा आगामी वैशाखमा भू उपग्रह उडाउँदैछ।

 

‘नेपस्याट–१’ नामक यो भू-उपग्रह बनाउन सरकारले १ करोड ८२ लाख रुपैयाँ दिएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नाष्ट) का प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालले बताए।

 

नेपालका तर्फबाट क्युसेटमा ‘स्पेस टेक्नोलोजी इन्जियिरिङ’ मा विद्यावारिधि गरिरहेका आभास मास्के र इलेक्ट्रिक इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठले प्रक्षेपण अभियानको नेतृत्व गरेका खबर आजको कान्तिपुर दैनिकमा छ ।

 

 

विभागका प्रमुख ढकालले भने, ‘भू-उपग्रह निर्माणको सम्पूर्ण कार्य सम्पन्न भएको छ। गत अगस्टमा इन्जिनियरिङ मोड्युल तयार भयो, डिसेम्बरमा वातावरणीय परीक्षण सम्पन्न भएको छ। अब पूर्ण रुपमा प्रक्षेपण गर्न सकिन्छ।’ ‘नानो सेटलाईट’ भनिने यो भू-उपग्रह १० क्युविक सेन्टिमिटर घनाकार छ।

प्रतिक्रिया दिनुहोस्