टेलिकम पोखरा प्रिमियर लिगको सहप्रायोजक : खेलाडीलाई सम्मान र उपहार दिने



काठमाडौं : नेपाल टेलिकम पोखरामा शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पिपीएल) को सहप्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पिपीएलका १५ लिग, एक÷एका क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीलाई विभिन्न सम्मान र उपहार प्याकेज उपलब्ध गराउने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रूपमा १२ जिबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी एक हजार १०० मिनेटको ‘टक भ्याल्यु’ भएको भ्वाइस प्याक उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ ।

त्यसैगरी प्रत्येक खेलका एक खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जिबी डाटा र ४९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ ।

ती खेलाडीलाई १४४ जिबी डाटा प्याक र पाँच हजार ८८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । उल्लेखित सुविधा पिपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीलाई नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्