पेट्रोलियम पदार्थको मूल्य आज पुनः घट्ने, कति घट्दैछ मूल्य ?



काठमाडौं: कञ्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । जसका कारण नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पछिल्लो एक वर्षमा सबैभन्दा कम मूल्य निर्धारण गरी भारतमा पेट्रोल, डिजेल बिक्री गरिरहेको छ।

 

अहिले भारतको दिल्लीमा पेट्रोल प्रतिलिटर ६८.८४ भारु र डिजेल ६२.८६ भारु छ। भारतमा मूल्य घटेसँगै आज नेपालमा पनि मूल्य घट्ने खबर आजको नयाँ पत्रिका दैनिकमा छ । आइओसीले अंग्रेजी महिनाको प्रत्येक १ र १५ तारिखमा निगमलाई नयाँ खरिद मूल्य पठाउने गर्छ।

 

बुधबार भारतबाट नयाँ मूल्य सूची आउने बिहीबारबाट लागू हुने गरी मूल्य समायोजन गरिने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।

 

यस पटक पनि प्रतिलिटर २ देखि ३ रुपैयाँ मूल्य घटाउने निगमको आन्तरिक तयारी छ। नेपालमा हाल पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्