वर्षासँगैको हिमपातले जनजीवन कष्टकर



रसुवा : वर्षासँगैको हिमपातले रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ ।

बिहानैदेखिको हिमपातका कारण अत्याधिक चिसो बढ्न गई हिमाली क्षेत्रको जनजीवन कष्टकर हुनुका साथै लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा आवतजावत गर्नसमेत कठिनाइ भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए ।

उत्तरी रसुवाको भूभागअन्तर्गत समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उचाइसम्म परेको हिमपातले चरन क्षेत्र छोपिँदा पशुको आहारामा समेत समस्या बढ्दै गएको स्थानीय किसानले बताएका छन् ।

चन्दनबारी, देउराली, लाङटाङ, गतलाङसमेतका मानव बस्तीमा हिउँ परी सकेको वृद्विमका ङवाङ तामाङले जानकारी दिए ।

हिउँपरेका बेला घरबाट बाहिर नजान रसुवावासीलाई आग्रह गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले हिँडडूल गर्नुपर्ने अवस्था आएमा साथीको साथमा होसियारपूर्वक जान सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस्