धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षक सहित ३ को मृत्यु, ४ घाईते



धनुषा : धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा ३ जनाको मृत्यु गएको छ । बम बिस्फोट हुदा राजेश र उनको छोरा आनन्द साहकोको घटनास्थलमै मृत्यु थियो भने उपचारका क्रममा प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको हो । अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

राति १२ बजे राजेश्वरको घरको शौचालयस्थित अलपत्र अवस्थामा रहेको शंकापष्द वस्तु बम हो भनि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट यकीन गर्न पुगेको बेला सो बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गशमभीर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

घरमुली साह विगतदेखि नै मोटो रकम ऋण लगानी गर्दै आएको कारण कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान तिव्र बनाएको छ

प्रतिक्रिया दिनुहोस्