पूर्व प्रधानमन्त्रीका पिएसओ थिए,बम विष्फोटमा मारिने प्रहरी निरीक्षक दाहाल



काठमाडौ : धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुँदा मृत्यु भएका प्रहरी निरीक्षक अमिर दाहाल लामो समय नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालका पिएसओ थिए ।

प्रहरी निरीक्षकमा बढुवा भएपछि उनी पूर्वप्रधानमन्त्री खनालको पिएसओबाट फिल्डमा खटिन पुगेका थिए । केही समय अघि उनी धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा ईन्चार्जका रुपमा पोष्टिङ भएका थिए ।

त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अध्ययन गरेका ४१ वर्षीय दाहाल ईमान्दार र राम्रो शिलस्वभाव भएका प्रहरी अधिकारीका रुपमा चिनिन्थे । २२ वर्ष अगाडी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी दाहालका एक श्रीमति रेश्मा र एक छोरा सुजन छन् । दाहाल संखुवासभाका स्थायी बासिन्दा भए पनि केही समयअघिदेखि काठमाडौ बस्दै आएका थिए ।

राति १२ बजे राजेश्वरको घरको शौचालयमा अलपत्र अवस्थामा रहेको शंकापष्द वस्तु बम हो कि होईन भनि ईलाका प्रहरी कार्यालय सखुवाबाट दाहालको नेतृत्वमा यकीन गर्न पुगेको बेला सो बम बिस्फोट भएको र उनी घाईते भएका थिए । घाइते प्रहरी निरीक्षक दाहालको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनीसँगै यो घटनामा ३ जनाको मृत्यु गएको छ । बम बिस्फोट हुदा राजेश र उनको छोरा आनन्द साहको घटनास्थलमै मृत्यु थियो । यस घटनामा परी अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गशमभीर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्