यसरी पत्ता लाग्यो सबैभन्दा होचो भूभाग, कस्तो छ यो ?



काठमाडौं : पृथ्वीको सबैभन्दा अग्लो स्थान नेपालमा रहेको सगरमाथा हो । समुद्री सतहबाट यसको उचाइ २९ हजार २८ फिट वा ८८४८ मिटर माथि रहेको छ । यसको ठीक विपरीत पृथ्वीको सबैभन्दा गहिरो स्थान भनेको पूर्वी अन्टार्कटिका डेनम्यान हिमनदीको मुनि भएको पत्ता लागेको छ ।

हिउँ भरिएको सो खोच समुद्र सतहभन्दा ३.५ किलोमिटर अर्थात् ११,५०० फिट गहिरो रहेको छ । अन्टार्कटिकाले नयाँ नक्सामा यो तथ्य बाहिर ल्याएपछि हालैमात्र सार्वजनिक भएको हो ।

यसमा बाक्लो हिउँमुनि रहेको महादेशको जमिनको आकारप्रकार प्रष्टरुपमा देखाइएको छ । डेनम्यानको गहिरो भाग गाढा नीलो रङ्गमा देखाइएको छ । यो २० किलोमिटर चौडा र १०० किलोमिटर लामो छ ।

हालसम्म जानकारीमा आएको हिउँ वा पानीले नपुरिएको पृथ्वीको सबैभन्दा गहिरो जमिन मृतसागरकोे किनार हो, जुन समुद्री सतहभन्दा ४१३ मिटर गहिरो रहेको छ ।

यो नयाँ नक्सा बनाउन डा. म्याथ्यु मोर्लिघम सफल भएका छन् । उनले यो बनाउन लामो समय संघर्ष गरेका थिए । यसको बारेमा तथ्यांक संकलन गर्न हवाइजहाज उडाएर राडार प्रयोग गर्द पनि केही पत्ता लाग्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्